१६ असार २०८३, मंगलबार | Tue Jun 30 2026

एशियन लाइफ इन्स्योरेन्सको सेयर बिक्रीमा, क-कसले किन्न पाउनेछन् ?

१६ असार, काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले आजदेखि २८ हजार १०१ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।

dainiki.com

सेयरको बिक्री मूल्य बिक्रेताले तोके बमोजिम हुनेछ। यो सेयर खरिदका लागि कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन् । सेयर खरिदका लागि सूचना प्रकाशित भएको ३५ दिनभित्र काठमाडौंको मैतिदेविमा रहेको कम्पनीको केन्द्रीय कार्यालयमा आवेदन दिनुपर्नेछ ।

साथै, निर्धारित समयअवधिभित्र सो सेयर खरिदका लागि आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा कम्पनीलाई बिक्री प्रक्रिया अघि बढाइने कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : June 30, 2026 at 10:31 am