नेप्सेमा तीन कम्पनीको बोनस सेयर सूचीकृत, कुनकाे कति ?
१५ असार, काठमाडाैं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा विभिन्न तीन कम्पनीकाे बोनस सेयर सूचीकृत भएकाे छ । नेप्सेमा एनएमबि बैंक, नेको इन्स्योरेन्स र सुपर माई हाइड्रोपावरको कम्पनीको बोनस सेयर सूचीकृत भएको हाे ।

नेप्सेमा एनएमबि बैंकको ५ प्रतिशत बाेनस बापतकाे ९१ लाख ८३ हजार ३५२.९८ कित्ता बोनस सेयर सूचीकृत भएकाे हाे । त्यस्तै, सुपर माई हाइड्रोपावरको २० प्रतिशत बोनस बापतकाे १० लाख ७० हजार कित्ता र नेको इन्स्योरेन्सको ३ प्रतिशत बाेनस बापत ८ लाख ७ हजार ४६० कित्ता बोनस सेयर सूचीकृत भएकाे हाे । सूचीकरणसँगै अब सम्बन्धित सेयरधनीहरूको डिम्याट खातामा सेयर जम्मा भएपछि दोस्रो बजारमा कारोबार गर्न मिल्नेछ।
प्रकाशित मिति : June 29, 2026 at 4:54 pm









