लिवर्टी ईनर्जीको सञ्चालकमा पाण्डे नियुक्त
१५ असार, काठमाडौं। लिवर्टी ईनर्जी कम्पनी लिमिटेडको रिक्त सञ्चालकमा राम बहादुर पाण्डे नियुक्त भएका छन् । असार ११ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले पाण्डेलाई सञ्चालक नियुक्त गर्ने निर्णय गरेको हो ।

उनलाई आगामी वार्षिक साधारण सभासम्मका लागि सञ्चालक नियुक्त गरिएको कम्पनीले जनाएको छ ।
प्रकाशित मिति : June 29, 2026 at 12:05 pm









