कम्युनिस्ट एकताको प्रयासबारे गोकुलको टिप्पणीः फुटेको हाँडी जोड्ने लालसा
१५ असार, काठमाडौं। नेकपा एमालेका नेता गोकुल बास्कोटाले पछिल्लो समय कम्युनिस्ट पार्टीहरू बिच भइरहेको एकता र संयुक्त मोर्चा बनाउने प्रयासप्रति टिप्पणी गरेका छन्। पूर्वमन्त्री समेत रहेका नेता बास्कोटाले सामाजिक सञ्जाल फेसबुकमा एक पोस्ट राख्दै पटक-पटक फुटेको हाँडी जोड्ने लालसायुक्त राग चलेको भन्दै व्यङ्ग्य गरेका हुन्।
‘पटक-पटक फुटेको हाँडी फेरि जोड्ने लालसायुक्त राग चलेछ,’ उनले लेखेका छन्, ‘भयङ्कर खतरा देखाउँदै नेतृत्ववाट चलाइएको यो कथ्य रुपमा सुन्दर र सारमा आफ्नो असफलता छोप्न र शक्तिमा टिक्न देखाइएको भुत्ते हतियार हो।’

साथै उनले सुधार र शक्ति आर्जन चाहेकै हो भने पहिला नेकपा फुटाएर गल्ती भयो भनेर नेताहरूले भन्नुपर्ने पनि बताएका छन्। बास्कोटाले नेतृत्वलाई प्रश्न गर्दै अगाडि लेखेका छन्, ‘सुधार र शक्ति आर्जन चाहेकै हो भने पहिला फुटाएर गल्ती भो-भन। आफू छोडेर सहकर्मीलाई अघि बढ भन्न सक्छौ?’

प्रकाशित मिति : June 29, 2026 at 10:36 am









