तत्काल बाम एकता गरिएन भने ठूलो दुर्घटना हुन सक्छ : प्रचण्ड
१४ असार, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले वामपन्थी शक्तिबीच सहकार्य र एकता ढिलो भए मुलुकले ठूलो राजनीतिक दुर्घटना बेहोर्नुपर्ने चेतावनी दिएका छन् । जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा आयोजित ‘नेपालको कम्युनिस्ट आन्दोलन र जननेता मदन भण्डारी’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै प्रचण्डले यस्ताे बताएका हुन् ।

‘नेपालबाट कम्युनिस्ट आन्दोलनको प्रभाव सिद्ध्याउन दुनियाँभरका प्रतिक्रियावादी लागिरहेका छन् ।’ उनले भने , ‘यो परिस्थितिमा हामीले ढिलो नगरी राष्ट्रिय स्वाधीनताका पक्षमा, निरकुंशताका विरुद्ध छिटोभन्दा छिटो वामपन्थी एकता र सहकार्य गर्नुपर्छ ।’
प्रचण्डले अहिले देश विभिन्न प्रकारका संकटको सामना गरिरहेको उल्लेख गर्दै ती चुनौतीहरूको सामना गर्न सबै प्रगतिशील र वामपन्थी शक्तिहरू एकजुट हुनुपर्नेमा जोड दिए ।
प्रकाशित मिति : June 28, 2026 at 4:51 pm







