६ श्रावण २०८३, बुधबार | Wed Jul 22 2026

राजनीतिक प्रतिशोधका आधारमा सरकारले विष्णु पौडेललाई पक्राउ गर्याेः एमाले

१४ असार, काठमाडाैं । नेकपा एमालेले पार्टीका उपाध्यक्ष विष्णु पौडेलको पक्राउप्रति आपत्ति जनाएको छ। प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद पुष्पराज कँडेलले राजनीतिक प्रतिशोध राखेर पक्राउ गरेको भन्दै आपत्ति जनाए।

उनले भने, ‘उहाँलाई गत निर्वाचनमा उहाँका प्रतिस्पर्धी र अर्का वर्तमान प्रधानमन्त्रीलाई गत निर्वाचनमा गाडी उपलब्ध गराउने व्यक्तिको पोलको आधारमा समातिएको भन्ने समाचारहरू आएका छन्। उहाँको गिरफ्तारी गत चैतमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली माथि लगाइएको प्रतिशोधी गिरफ्तारीको अर्को रूप हो।’

dainiki.com

सरकार विपक्षी दल र तिनका नेतालाई तर्साएर आफूनिकटकालाई उन्मुक्ति दिन उद्धत रहेको पनि आरोप उनले लगाए। ‘यो गिरफ्तारी सम्पूर्ण विपक्षीहरूलाई तर्साउन र त्यसमा पनि नेकपा एमालेलाई बदनाम गर्ने उद्देश्यले प्रेरित छ। विष्णु पौडेल बेकसुर हुनुहुन्छ, उहाँ माथि प्रतिशोध साधिएको छ। तुरुन्त रिहाइ गरियोस्।’

प्रकाशित मिति : June 28, 2026 at 1:14 pm