१२ असार २०८३, शुक्रबार | Fri Jun 26 2026

शुभ इन्टरनेशल हस्पिटालिटीले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल नियुक्त

१२ असार, काठमाडाैं। शुभ इन्टरनेशनल हस्पिटालिटी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएकाे छ । कम्पनीले  आफ्नो जारी पूँजीको २० प्रतिशत साधारण सेयर सर्वसाधारणमा निष्काशन गर्ने भएको हाे । यसका लागि कम्पनीले मुक्तिनाथ क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा नियुक्त गरेको छ ।

एक कार्यक्रममा शुभ इन्टरनेशनल हस्पिटालिटी लिमिटेडका अध्यक्ष कविन श्रेष्ठ तथा मुक्तिनाथ क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कविन्द्र ध्वज जोशीले सेयर निष्काशन तथा बिक्री व्यवस्थापन सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्। कार्यक्रममा कम्पनीका प्रतिनिधि श्री विकास चौधरी तथा सञ्चालक श्री प्रशान्त तातेडको समेत उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : June 26, 2026 at 5:32 pm