३ अर्बको ऋणपत्र निष्कासन गर्न लक्ष्मी सनराइज बैंकलाई बोर्डले दियाे अनुमति
१२ असार, काठमाडौं। लक्ष्मी सनराइज बैंकले ऋणपत्र निष्कासन गर्न अनुमति पाएको छ । बैंकले ७ प्रतिशत व्याजदर रहेको ऋणपत्र निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएको हो ।

अनुमति पाएसँगै अब बैंकले १०० रुपैयाँ इकाईमूल्य रहेको ३ अर्ब रुपैयाँ बराबरको ३० लाख इकाई ऋणपत्र निष्कासन गर्नेछ । जसमा व्यक्तिगत तवरका १ अर्ब ८० करोड र सर्वसाधारणलाई जारी गर्ने १ अर्ब २० करोड रुपैयाँ बराबरको ऋणपत्र रहनेछ । यो ऋणपत्रको अवधि १० वर्षको लागि रहनेछ भने ब्याजदर ७ प्रतिशत रहनेछ । ऋणपत्रको बिक्री प्रबन्धमा भने माछापुच्छ्रे बैंक रहेको छ ।
प्रकाशित मिति : June 26, 2026 at 4:48 pm









