१२ असार २०८३, शुक्रबार | Fri Jun 26 2026

अन्तिम कारोबारको दिन पनि घट्यो नेप्से, ३ अर्ब ९४ करोडको कारोबार

१२ असार, काठमाडौं । साताको अन्तिम कारोबारको दिन शुक्रबार नेप्से परिसूचक घटेर बन्द भएको छ। साताको पहिलो कारोबार दिनदेखि निरन्तर घटिरहेको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो।

शुक्रबार नेप्से परिसूचक २.०० अंक घटेर २६४९.५१ विन्दुमा झरेको छ। यस दिन ३५९ कम्पनीकाे ३९ हजार ५४६ पटकको कारोबारमा ३ अर्ब ९४ करोड ५८ लाख ४ हजार रुपैयाँबराबरको ७७ लाख २७ हजार कित्ता सेयर खरिदबिक्री भएको छ। शुक्रबार ८५ कम्पनीको सेयर मूल्य बढेको छ भने १७० कम्पनीको मूल्य भने घटेको छ । २० कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

यस दिन तीन कम्पनीकाे सेयर सकारात्मक सर्किट लागेकाे छ। यस दिन स्नो रिभर्स, टक्सार पिखुवा खोला हाइड्रोपावर र याम्बालिङ्ग हाइड्रोपावरको सेयरमा सकारात्मक सर्किट लागेकाे हो। कालिका लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य यस दिन सर्वाधिक १०.७६ प्रतिशत घटेको छ। यस दिन ग्लोबल आइएमई बैंक लिमिटेड डिबेञ्चर २०८६/८७ को सर्वाधिक काराेबार भएकाे छ। यस दिन ३३ करोड १६ लाख रुपैयाँभन्दा बढीको सो ऋणपत्र कारोबार भएको छ।

प्रकाशित मिति : June 26, 2026 at 3:27 pm