राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सदस्यमा पराजित भए श्रममन्त्री यादव
१२ असार, काठमाडौं । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्यमा पराजित भएका छन् । मन्त्रिपरिषद्का अन्य सदस्यहरू रास्वपाको केन्द्रीय सदस्यमा निर्वाचित हुँदा उनी भने पराजित भएका हुन् ।

उनले केन्द्रीय सदस्यको निर्वाचनमा ८६९ मत ल्याएका छन्। बालेन शाह नेतृत्वको सरकारका १७ मन्त्रीमध्ये यादवसहित आठ जनाले पार्टीको केन्द्रीय सदस्यका लागि मनोनयन दर्ता गरेका थिए । जसमध्ये श्रममन्त्री यादवबाहेक अन्य सात जना मन्त्रीहरू भने रास्वपाको केन्द्रीय सदस्यमा विजयी भएका छन् ।
प्रकाशित मिति : June 26, 2026 at 2:27 pm









