१२ असार २०८३, शुक्रबार | Fri Jun 26 2026

कबिन्द्र बुर्लाकोटीले फिर्ता लिए महामन्त्रीको उम्मेदवारी

१२ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) महामन्त्री दौडबाट कवीन्द्र बुर्लाकोटीले उम्मेदवारी फिर्ता लिएका छन् । चितवनमा जारी महाधिवेशनमा अब ८ जनाबीच महामन्त्री पदका लागि प्रतिस्पर्धा हुनेछ ।

dainiki.com

यसअघि उम्मेदवारी दिएका जगदीश खरेलले पनि फिर्ता लिइसकेका छन् । उम्मेदवारी कायम राखेकाहरूमा विपीन आचार्य, प्रमोद न्यौपाने, राजुनाथ पाण्डे, मनिष झा, रञ्जु दर्शना, गणेश कार्की, गणेश पराजुली र सागर ढकाल रहेका छन् ।

प्रकाशित मिति : June 26, 2026 at 12:04 pm