नेरुडे मिर्मिरे लघुवित्तको १ लाख ७२ हजार कित्ता सेयर बिक्रीमा
१२ असार, काठमाडौं। नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । संस्थाले आजदेखि विभिन्न ७ जना संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको १ लाख ७२ हजार ६३४ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।

यो सेयर खरिदका लागि जो सुकै व्यक्ति,कम्पनी तथा संस्थाले खरिद आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न चाहने लगानीकर्ताले सूचना प्रकाशित भएको १५ दिनभित्र लिखित निवेदन दिनु पर्नेछ ।
प्रकाशित मिति : June 26, 2026 at 9:37 am









