एनआईसी एशिया लघुवित्तको सीईओमा लक्ष्मी प्रसाद शर्मा नियुक्त
११ असार,काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा लक्ष्मी प्रसाद शर्मा नियुक्त भएका छन् । असार ११ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले शर्मालाई सीईओ पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।

शर्मालाई असार ११ गतेदेखि लागू हुने गरी चार वर्षका लागि सीईओको जिम्मेवारी प्रदान गरिएको कम्पनीले जनाएको छ ।
प्रकाशित मिति : June 25, 2026 at 6:22 pm









