११ असार २०८३, बिहिबार | Thu Jun 25 2026

नेपाल माइक्रो इन्स्योरेन्सको कामु सीईओमा अनिल गिरी नियुक्त

११ असार, काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतमा अनिल गिरी नियुक्त भएका छन्। असार ११ गते बिहान बसेको कम्पनीको सञ्चालक समितिको बैठकले कम्पनीको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) पदमा कार्यरत अनिल गिरीलाई आजकै मितिदेखि लागू हुने गरी कामु सीईओको जिम्मेवारी दिने निर्णय गरेको हो।

dainiki.com

यसअघिका सीईओ मृगेन्द्र नाथ रिमाल विरुद्ध बीमा कसुरमा मुद्दा दर्ता भएसँगै उनी स्वतः निलम्बनमा परेका छन्। उनी निलम्बनमा परेसँगै सीईओ पद नेतृत्वविहीन बन्न पुगेपछि गिरीलाई सञ्चालक समितिले निमित्तको जिम्मेवारी दिएको हो ।

प्रकाशित मिति : June 25, 2026 at 5:22 pm