निरन्तर चौथो कारोबारको दिन घट्यो नेप्से, २ अर्ब ८३ करोडको कारोबार
११ असार, काठमाडौं । साताको चौंथो कारोबारको दिन बिहीबार सेयर बजारमा गिरावट आएको छ । यस दिन नेप्से ८.५० अकंले घटेर २६५१.५२ बिन्दुमा कायम भएको छ । आज ३३८ कम्पनीको ६४ लाख ६१ हजार कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ८२ करोड ४० लाख रुपैयाँको कारोबार भएको हो । ३३८ कम्पनीकाे ४६ हजार ७५१ पटकको कारोबारमा २ अर्ब ८३ करोड ८२ लाख ७९ हजार रुपैयाँबराबरको ६४ लाख ८० हजार कित्ता सेयर खरिदबिक्री भएको छ।
यस दिन ८३ कम्पनीको सेयर मूल्य बढेको छ भने १७२ कम्पनीको घटेको छ । १९ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको हो । यस दिन दुई कम्पनीकाे सेयरमा सकारात्मक सर्किट लागेकाे छ। यस दिन टक्सार पिखुवा खोला हाइड्रोपावर र याम्बालिङ्ग हाइड्रोपावरको सेयरमा सकारात्मक सर्किट लागेकाे हाे ।
भुजुङ्ग हाइड्रोपावरको सेयरमूल्य यस दिन सर्वाधिक ११.०३ प्रतिशत घटेको छ। यस दिन सोपान फर्मास्यूटिकल्सकाे सर्वाधिक काराेबार भएकाे छ। सो कम्पनीको यस दिन १२ करोड ७७ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ।
प्रकाशित मिति : June 25, 2026 at 3:19 pm







