११ असार २०८३, बिहिबार | Thu Jun 25 2026

नेशनल हाईड्रो पावरका सञ्चालक किशोर नेपालको राजीनामा स्वीकृत

११ असार, काठमाडौं। नेशनल हाईड्रो पावर कम्पनी लिमिटेडका सञ्चालक किशोर नेपालले दिएको राजीनामा स्वीकृत भएको छ । असार १० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले उनको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको हो ।

dainiki.com

नेपालले आफ्नो घरायसी कारण देखाई गत असार ५ गते कम्पनीको सञ्चालक समितिसमक्ष राजीनामा दिएका थिए । उनको राजीनामा असार १० गतेदेखि लागू हुनेगरी स्वीकृत भएको हो ।

प्रकाशित मिति : June 25, 2026 at 11:44 am