१० असार २०८३, बुधबार | Wed Jun 24 2026

वीरगञ्ज महानगरपालिकाले ल्यायो ४ अर्ब ४२ करोडको बजेट

१० असार, जनकपुरधाम । मधेश प्रदेशको एक मात्र महानगरपालिका वीरगञ्ज महानगरले आगामी आर्थिम वर्ष २०८३/८४ को लागि झण्डै साढे ४ अर्बको बजेट ल्याएको छ ।आज भएको २० औं नगरसभामा महानगरले शिक्षा स्वास्थ्य सेवा, सरसफाई, कृषि ,पर्यटन र उद्योग, गुणस्तरीय भौतिक पूर्वाधार तथा प्रविधिलाई समेटेर चार अर्ब ४२ करोड ३४ लाख ६९ हजार रुपैयाँको अनुमानित बजेट प्रस्तुत गरेको छ ।

महानगरका कार्यवाहक मेयर इम्तियाज आलमका तर्फबाट नगरकार्यपालिका सदस्य जगत साह कानुले आगामी आर्थिक वर्षका लागि अनुमानित आयव्ययसहितको बजेट प्रस्तुत गरेका हुन् ।

dainiki.com

महानगरले ल्याएको अनुमानित बजेट चालु आर्थिक वर्षको तुलनामा झण्डै १ अर्ब १९ करोड बढीको हो । चालु आर्थिक वर्षका लागि वीरगन्ज महानगररले तीन अर्ब २२ करोड ४८ लाख ४९ हजार रुपैयाँको बजेट ल्याएको थियो ।

आगामी आर्थिक वर्षको बजेटमा चालू खर्चतर्फ दुई अर्ब ४० करोड ३४ लाख ६९ हजार अर्थात् कूल बजेटको ५४.३ प्रतिशत, पुँजीगत खर्चतर्फ १ अर्ब ९६ करोड ९९ लाख ८४ हजार अर्थात् कूल बजेटको ४४.६ प्रतिशत हो । यस्तै वित्तीय व्यवस्थापनतर्फ पाँच करोड अर्थात् १.१ प्रतिशत रहेको उल्लेख छ ।

प्रकाशित मिति : June 24, 2026 at 3:41 pm