राष्ट्र बैंकद्वारा राष्ट्रिय मनिचेञ्जरको इजाजतपत्र खारेजी
१० असार, काठमाडाैं। नेपाल राष्ट्र बैंकले राष्ट्रिय मनिचेञ्जर प्रालिको इजाजतपत्र खारेजी गरेको छ । राष्ट्र बैंकको धनगढी कार्यालयले भीमदत्तनगर–४, महेन्द्रनगर, कञ्चनपुरमा रहेको उक्त मनिचेञ्जको लाइसेन्स खारेज गरेको हो ।
राष्ट्र बैंकका अनुसार कम्पनीले आफ्नो कारोबार बन्द गर्न निवेदन दिएपछि इजाजतपत्र खारेज गर्ने प्रक्रिया अघि बढाइएको हो। नेपाल राष्ट्र बैंक, मनिचेञ्जर इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७ (चौथो संशोधनसहित) को विनियम २२ बमोजिम संस्थाको इजाजतपत्र खारेज गरिएको राष्ट्र बैंकले जारी गरेको सूचनामा उल्लेख छ।

यसै सन्दर्भमा सो मनिचेञ्जरसँग कुनै किसिमको लेनदेन, दाबी–द्वावि वा अन्य सरोकार भएका व्यक्ति तथा संस्थाहरूलाई सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र नेपाल राष्ट्र बैंक, धनगढी कार्यालयमा आवश्यक जानकारी दिन आग्रह गरिएको छ।
प्रकाशित मिति : June 24, 2026 at 12:30 pm









