३१ असार २०८३, बुधबार | Wed Jul 15 2026

विष्णु पौडेलको पक्राउ गैरन्यायिक भएको एमालेको निष्कर्ष, तत्काल छाड्न माग

९ असार, काठमाडाैँ । नेकपा (एमाले) ले उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री विष्णु पौडेलको पक्राउ गैरन्यायिक भएको बताएको छ । पार्टी केन्द्रीय कार्यालय, च्यासलमा बसेको संसदीय दलको बैठकले उक्त निष्कर्ष निकालेको हो ।

dainiki.com

पौडेलको पक्राउ गैरन्यायिक भएको निष्कर्ष निकाल्दै  बैठकले उनलाई अविलम्ब रिहा गर्न माग गरेको प्रमुख सचेतक ऐन महरले बताए। विचौलिया दीपक भट्टसँग कारोबार देखिएपछि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्रपछि प्रहरीले हिजो सुर्खेतबाट पक्राउ गरिएको थियो । उनलाई अहिले विशेष अदालतमा म्याद थपका लागि लगिएको छ ।

प्रकाशित मिति : June 23, 2026 at 6:13 pm