९ असार २०८३, मंगलबार | Tue Jun 23 2026

२७०० विन्दुभन्दा तल झर्यो नेप्से, कारोबार रकममा पनि गिरावट

९ असार, काठमाडौं । साताको दोस्रो कारोबारको दिन मंगलबार नेप्से परिसूचक घटेर बन्द भएको छ। पछिल्ला दिनहरुमा २७०० विन्दु नजिक बन्द भइरहेको नेप्से, यस दिन भने घटेर सो विन्दुभन्दा तल झरेको छ।

मंगलबार नेप्से परिसूचक २६.१६ अंक घटेर २६७४.४८ विन्दुमा झरेको छ। यस दिन ३५३ कम्पनीको ७२ हजार ८५४ पटकको कारोबारमा ४ अर्ब ३६ करोड २१ लाख ९४ हजार रुपैयाँबराबरको १ करोड ४० हजार कित्ता सेयर खरिदबिक्री भएको छ। मंगलबार २२ कम्पनीको सेयर मूल्य बढेको छ भने २३९ कम्पनीको घटेको छ । ११ कम्पनीको सेयर मूल्य स्थिर रहेको हो ।

यस दिन  दुई कम्पनीको सेयरमा सकारात्मक सर्किटलागेको छ। यस दिन टक्सार पिखुवा खोला हाइड्रोपावर र याम्बालिङ्ग हाइड्रोपावरको सेयरमा सकारात्मक सर्किट लागेको हो। बुंगल हाइड्रोपावरको सेयरमूल्य यस दिन सर्वाधिक १५ प्रतिशत घटेको छ।  यस दिन आँखु खोला जलविद्युत कम्पनीको सर्वाधिक कारोबार भएको छ। सो कम्पनीको यस दिन ३४ करोड १६ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ।

प्रकाशित मिति : June 23, 2026 at 3:21 pm