हिमालयन रि इन्स्योरेन्सको सञ्चालकमा मुल्मी नियुक्त
९ असार, काठमाडौं। हिमालयन रि इन्स्योरेन्स कम्पनी लिमिटेडका सञ्चालकमा सागर प्रसाद मुल्मीले नियुक्त भएका छन् । असार ८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले मुल्मीलाई कम्पनीको सञ्चालक पदमा आगामी साधारण सभासम्मका लागि नियुक्त गर्ने निर्णय गरेको हो ।

उनी सर्वसाधारण सेयरधनी समूहका तर्फबाट प्रतिनिधित्व गर्ने गरी रिक्त रहेको सञ्चालक पदमा नियुक्त भएका हुन् ।
प्रकाशित मिति : June 23, 2026 at 3:08 pm









