९ असार २०८३, मंगलबार | Tue Jun 23 2026

कान्तिपुर सहकारीको ऋण नतिर्ने २०० ऋणीकाे नाम सार्वजनिक, तत्काल चुक्ता गर्न ताकेता

९ असार,  काठमाडौं । सरकारले समस्याग्रस्त घोषित कान्तिपुर सेभिङ्ग एण्ड क्रेडिट सहकारी संस्थाका २०० जना ऋणीहरूको नामावली सार्वजनिक गरेकाे छ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गतको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले सूचना जारी गर्दै ऋणीहरूको विवरण सार्वजनिक गरेको हो ।

नेपाल सरकार (मन्त्रीस्तरको निर्णय) बाट मिति २०८० साल फागुन ३ गते कान्तिपुर सहकारीलाई समस्याग्रस्त घोषणा गरिएको थियो । समितिको मिति २०८३ बैशाख २३ को निर्णयानुसार ऋणीहरूको नाम सार्वजनिक गरिएको समितिले जनाएको छ ।

dainiki.com

समितिले जारी गरेको सूचनामा साविकमा ऋण चुक्ता गरिसकेका तर प्राविधिक वा अन्य कारणवश नामावलीमा नाम समावेश भएका ऋणीहरूलाई स–प्रमाण कार्यालयमा उपस्थित हुन आग्रह गरेको छ ।

त्यस्तै, हालसम्म ऋण नतिरी बसेका ऋणीहरूलाई यथाशीघ्र समितिको कार्यालयमा सम्पर्क गरी ऋण चुक्ता गर्न निर्देशन दिइएको छ । तोकिएको समयभित्र ऋण चुक्ता नगरेमा कानून बमोजिम कडा असुली प्रक्रिया तथा कानूनी कारबाही अगाडि बढाइने ब्यहोरा सूचनामा स्पष्ट पारिएको छ ।

प्रकाशित मिति : June 23, 2026 at 2:06 pm