प्रि ओपन सेसनमा करिब ४ अंकले घट्यो नेप्से
९ असार, काठमाडौं । साताको दास्रो कारोबारको दिन मंगलबार प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब ४ अंकले घटेको छ। यस दिन सो सेसनमा नेप्से ३.८८ अंकले घटेर २६९६.७६ विन्दुमा झरेको छ।
मंगलबार प्रि ओपन सेसनमा ५९ स्टकको १०५ पटकको कारोबारमा ४४ लाख ७२ हजार ६४६ रुपैयाँ ३० पैसाबराबरको ५ हजार ५२९ कित्ता सेयर खरिदबिक्री भएको छ।
प्रकाशित मिति : June 23, 2026 at 10:58 am









