९ असार २०८३, मंगलबार | Tue Jun 23 2026

स्वाभिमान लघुवित्तले बाेलायाे साधारण सभा, यस्ता छन् प्रस्ताव

९ असार, काठमाडौं। स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा बोलाएको छ । संस्थाको असार ८ गते बसेको सञ्चालक समितिको बैठकले आगामी असार ३० गते रुपेन्देहीमा रहेको संस्थाको केन्द्रीय कार्यालयमा ९ औं वार्षिक साधारण सभा बोलाएको हो । सभा बिहान ११ बजेदेखि शुरु हुनेछ ।

सभामा अन्य ‘घ’वर्गका लघुवित्तसँग मर्जर वा प्राप्ति गर्न/गराउन उपयुक्त देखिएमा सो सम्बन्धी आवश्यक सम्पूर्ण कार्य गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।

dainiki.com

 यस्तै सभामा आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ । यसैगरी लेखापरीक्षकको प्रतिवेदनसहितको २०८१ असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब तथा सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विववरणहरुमाथि छलफल गारी पारित गरिनुका साथै आर्थिक वर्ष २०८२/८३ को लेखापरीक्षणका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरिनेछ ।

वार्षिक साधारण सभा प्रयोजनका लागि संस्थाले आगामी असार २२ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसकाे अर्थ असार २१ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कम्पनीको सभामा सहभागी हुन सक्नेछन् ।

प्रकाशित मिति : June 23, 2026 at 9:15 am