८ असार २०८३, सोमबार | Mon Jun 22 2026

नेप्से सामान्य अंककाे गिरावट, कारोबार रकम पनि घट्यो

८ असार, काठमाडाैं । साताको पहिलो कारोबारकाे दिन नेप्से सामान्य अंकले घटेकाे छ।  सोमबार नेप्से परिसूचक १.४६ अंक घटेर २७००.६५ विन्दुमा झरेको छ। आज ३५३ कम्पनीको ९० हजार ८६२ पटकको कारोबारमा ४ अर्ब ४४ करोड ६५ लाख २० हजार रुपैयाँबराबरको ८१ लाख ३८ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।

११६ कम्पनीको सेयर मूल्य बढेको छ भने १४३ कम्पनीको घटेको छ । १४ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको हो । यस दिन दुई कम्पनीकाे सेयरमा सकारात्मक सर्किट लागेकाे छ। यस दिन टक्सार पिखुवा खोला हाइड्रोपावर र याम्बालिङ्ग हाइड्रोपावरको सेयरमा सकारात्मक सर्किट लागेकाे हो।

कारोबार रकमका आधारमा यस दिन सोपान फर्मास्यूटिकल्सकाे सर्वाधिक काराेबार भएकाे छ । सो कम्पनीको यस दिन ३७ करोड ४४ लाख ५६ हजार रुपैयाँबराबरको शेयर कारोबार भएको छ।

प्रकाशित मिति : June 22, 2026 at 3:36 pm