७ असार २०८३, आइतबार | Sun Jun 21 2026

५ घण्टामात्रै होइन, आवश्यक परे अख्तियारलाई ५ वर्ष राखेर सल्लाह गरिन्छः प्रधानमन्त्री बालेन

७ असार, काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो नेतृत्वको वर्तमान सरकारले विगतमा फट्याइँ र बदमासी गर्ने कसैलाई पनि नछाड्ने बताएका छन् । सरकारी रकमको दोहन गरिएको भए उनीहरूलाई कारबाहीको दायरामा ल्याउने उनको भनाइ छ ।

पार्टीको चौँथो स्थापना दिवसको अवसरमा चितवनमा आयोजित प्रथम महाधिवेशनलाई  सम्बोधन गर्दै विगतमा भएका फट्याइँबारे खोज्दा आवश्यक परे अख्तियारलाई ५ घण्टा मात्रै नभइ ५ वर्षसम्म नै राखेर सल्लाह गर्ने बताए । ‘निहुँ खोज्दै गर्दा अख्तियारलाई ५ घण्टा सोधपुछ गर्नुपर्छ, सल्लाह लिनुपर्छ भने ५ घण्टा मात्रै होइन ५ वर्ष नै अख्तियारलाई राखेर सल्लाह गरिन्छ । हामी नियम भन्दा बाहिर जाँदैनौं,’ प्रधानमन्त्री बालेनले भने ।

dainiki.com

उनले सरकारको सम्पत्ति दोहन भएको घटनाहरूमा निहुँ खोजिने बताए। ‘हाम्रो पार्टीले निहुँ खोज्नै परे कस्तो केशमा भने विगतमा फटाइँ भएको छ भने। सरकार सम्पत्तिको दोहन, सरकारी रकमको दोहन भएको छ भने त्यहाँ निहुँ खोज्छौं,’ उनले भने।

प्रकाशित मिति : June 21, 2026 at 6:02 pm