७ असार २०८३, आइतबार | Sun Jun 21 2026

म प्रधानमन्त्री भइसकेको मान्छे हुँ, यो उमेरमा ललिपप खान्नँः बाबुराम भट्टराई

७ असार, काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफूले विगत एक दशकदेखि गर्दै आएको वैकल्पिक राजनीतिक अभियानको सबैभन्दा महत्वपूर्ण उपलब्धि रास्वपा रहेको बताएका छन् । चितवनको भरतपुरमा भएको रास्वपा प्रथम महाधिवेशनमा सम्बोधन गर्दै भट्टराईले यस्ताे बताएका हुन् ।

भट्टराईले भने, ‘वैकल्पिक नयाँ राजनीतिको अगुवा शक्ति रास्वपा हो, म बधाई दिन्छु। सुशासन र समृद्धिको फल सबै नेपालीलाई प्राप्त होस्।’ आफूले यस्तो भन्दा के पाउन लाग्यो र के ललिपप पायो भन्दै टिप्पणी हुने गरेको भन्दै उनले आलोचना गरे ।

dainiki.com

उनले भने, ‘हाम्रो समाज अत्यन्तै न्यून चेतना स्तरको छ । यसले के पाउन लाग्यो, रास्वपाले के ललिपप देखाइदियो भनिरहेको सुन्छु । म सारा जीवन मर्न हिँडेको मान्छे, के ललिपप खाने भन्नुस् त ? सबै थोक प्राप्त गरेको छु । प्रधानमन्त्री भइसकेको मान्छे, के ललिपप खाने मैले यो उमेरमा ?’

प्रकाशित मिति : June 21, 2026 at 5:33 pm