७ असार २०८३, आइतबार | Sun Jun 21 2026

सोलु हाइड्रोपावरको ५ लाख कित्ता सेयरको लकइन अवधि सकिँदै

७ असार, काठमाडौं । सोलु हाइड्रोपावर लिमिटेडको सामूहिक लगानी कोषहरूका लागि छुट्याइएको साधारणसभा सेयरको इकइन अवधि आउँदो साउन ११ गते सकिँदैछ।

dainiki.com

कम्पनीले आईपीओ निष्काशन गर्दा ५ लाख कित्ता सेयर सामूहिक लगानी कोषहरूका लागि छुट्याएको थियो। सर्वसाधारणमा आईपीओ बाँडफाँड गरेको मितिले ६ महीनासम्म सामूहिक लगानी कोषतर्फको सेयर लकइनमा राख्नुपर्ने प्रावधान छ। लकइन अवधि सकिएसँगै उक्त सेयर कारोबारमा आउनेछ। कम्पनीको सेयर रजिष्ट्रारमा नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ।

प्रकाशित मिति : June 21, 2026 at 1:49 pm