५ असार २०८३, शुक्रबार | Fri Jun 19 2026

संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दामा रविलाई मुक्ति

५ असार, काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा)का सभापति रवि लामिछानेले काठमाडौं जिल्ला अदालतबाट पनि संगठित अपराध र सम्पत्ति शुद्धीकरण सम्बन्धी अभियोगमा मुक्ति पाएका छन । शुक्रबार काठमाडाैँ जिल्ला अदालतका न्यायाधीश आत्मदेव जोशीको एक इजलासले लामिछानेको संगठित अपराधसम्बन्धी अभियोग फिर्ता लिन आदेश जारी गरेको हो ।

यसअघि लामिछानेविरुद्धको सम्पत्ति शुद्धीकरणको मुद्दा रुपन्देही जिल्ला अदालतले पनि संशोधन गरेको थियो । त्यसअघि कास्की र पर्सा जिल्ला अदालतले पनि रविको मुद्दा संशोधन गरेको थियो । अब रविको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा सबै जिल्ला अदालतबाट सकिएको छ । चितवन जिल्ला अदालतमा रवि बाहेका अभियुक्तका लागि मात्र संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा दर्ता गरिएको थियो ।

दुई गम्भीर प्रकृतिका अपराधसम्बन्धी अभियोगबाट जिल्ला अदालतहरूबाट मुक्ति पाउँदै गर्दा रवि रास्वपाबाट भावी प्रधानमन्त्रीको विकल्पका रूपमा अघि सारिने सम्भावना छ । यसले रवि पुनः रास्वपाको सभापति बन्दै प्रधानमन्त्री बन्ने बाटो थप मजबुद बन्नेछ । यद्यपी अभियोग संशाेधनका सम्बन्धमा सर्वोच्च अदालतमा परेको रिट संवैधानिक इजलाशमा पुगेर अड्किएकाले त्यसको निर्णय निर्णायक हुनेछ ।

प्रकाशित मिति : June 19, 2026 at 7:48 pm