नेप्सेमा याम्बालिङ्ग र टक्सार पिखुवा खोलाको आईपीओ सूचीकृत, ओपनिङ्ग रेञ्ज कति ?
५ असार, काठमाडौं । नेपाल स्टक एक्चेन्ज (नेप्से) मा याम्बालिङ्ग हाइड्रोपावर र टक्सार पिखुवा खोला हाइड्रोपावरको आईपीओ सूचीकृत भएको छ। आज नेप्सेमा याम्बालिङ्गको ७० लाख कित्ता र टक्सार पिखुवा खोलाको १ करोड २० लाख कित्ता शेयर सूचीकृत भएका हुन्।
याम्बालिङ्ग हाइड्रोपावरले सर्वसाधारणमा निष्काशन गरेको २८ लाख कित्ता आईपीओ र संस्थापक सेयरधनीहरूले लगानी गरेको ४२ लाख कित्ता सेयर गरी जम्मा ७० लाख कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो।

त्यस्तै, टक्सार पिखुवा खोला हाइड्रोपावरले सर्वसाधारणमा निष्काशन गरेको ४२ लाख ३० हजार ६६८ कित्ता र संस्थापक सेयरधनीहरूले लगानी गरेको ७७ लाख ६९ हजार ३३२ कित्ता सेयर गरी जम्मा १ करोड २० लाख कित्ता सेयर सूचीकृत भएको छ।
यी कम्पनीहरूको सेयर आउँदो सोमबारदेखि धितोपत्र दोस्रो बजारमा कारोबारमा आउनेछन्। पहिलो कारोबारका लागि नेप्सेले दुवै कम्पनीहरूलाई १०० रुपैयाँदेखि ३०० रुपैयाँसम्मको ओपनिङ्ग रेञ्ज प्रदान गरेको छ।
प्रकाशित मिति : June 19, 2026 at 4:02 pm









