५ असार २०८३, शुक्रबार | Fri Jun 19 2026

बजेटले सेयर बजार र निजी क्षेत्रमा निराशा छायोः सांसद ओली

५ असार, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सचेतक एवम् सांसद खुश्बु ओलीले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटले कुनै पनि क्षेत्रलाई उत्साहित बनाउन नसकेको टिप्पणी गरेकी छन् ।

शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद ओलीले बजेट सार्वजनिक भएदेखि नै सेयर बजारमा तीव्र गिरावट आएको भन्दै सरकारको आलोचना गरिन् । सांसद ओलीले बजेट वक्तव्यले पुँजी बजारलाई सकारात्मक संकेत दिनुपर्नेमा त्यसको ठीक विपरीत प्रभाव देखिएको बताइन् ।

dainiki.com

‘बजेट वक्तव्य सार्वजनिक हुनासाथ सेयर बजारमा तीव्र गिरावट देखियो, जुन आजका दिनसम्म कायम नै छ । बजार थप घट्दैछ,’ उनले भनिन्, ‘सामान्यतया बजेटले बजारलाई केही न केही सकारात्मक संकेत दिनुपर्थ्यो, तर यसपटक त्यस्तो देखिएन ।’

बजेट आएलगत्तै सेयर बजारमा आएको निरन्तर गिरावटले आम लगानीकर्तामा चिन्ता बढेको उल्लेख गर्दै उनले भनिन् “निजी क्षेत्र,उद्योगी र व्यवसायी कोही पनि बजेटबाट उत्साहित छैनन्, यस्तो अवस्थामा सरकारले यो बजेट कसका लागि र कसलाई उत्साहित बनाउन ल्याएको हो ?”

प्रकाशित मिति : June 19, 2026 at 1:27 pm