युनाइटेड अजोड इन्स्योरेन्सले घोषणा गर्याे लाभांश, बोनस र नगद कति ?
५ असार, काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । असार ४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आव २०८१/८२ का लागि लाभांश घोषणा गरेको हो ।

इन्स्योरेन्सले हाल कायम चुक्तापूँजी २ अर्ब ३१ करोड रुपैयाँको ४.२८ प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.२२ प्रतिशत नगद (कर प्रयोजनका लागि) लाभांश वितरण गर्ने घोषणा गरेको हो। नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।
प्रकाशित मिति : June 19, 2026 at 11:12 am









