४ असार २०८३, बिहिबार | Thu Jun 18 2026

प्राइम बैंकले पायो धितोपत्र बोर्डबाट ऋणपत्र निष्कासन गर्ने अनुमति

४ असार, काठमाडौं । प्राइम बैंक लिमिटेडले ऋणपत्र निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेको छ । बैंकले ‘प्राइम बैंक डिबेञ्चर २०९३’ नामक ऋणपत्र जारी गर्न बोर्डबाट अनुमति पाएको हो ।

 बैंकले प्रतिकित्ता रु.१ हजार अंकित दरका कुल ३० लाख इकाई निष्कासन गर्नेछ । जसमा १८ लाख कित्ता व्यक्तिगत तवरबाट र बाँकी १२ लाख कित्ता आम सर्वसाधारणमा जारी गरिनेछ ।

dainiki.com

 बैंकको ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा सानिमा क्यापिटल लिमिटेड रहेको छ । १० वर्ष अवधिको यो ऋणपत्रको ब्याजरदर ६.२५ प्रतिशत रहनेछ ।

प्रकाशित मिति : June 18, 2026 at 6:10 pm