१० श्रावण २०८३, आइतबार | Sun Jul 26 2026

काठमाडौं महानगरपालिकाको बजेट २५ अर्ब ८८ करोड

४ असार, काठमाडौं। काठमाडौँ महानगरपालिकाले अगामी आर्थिक वर्ष २०८३/८४ का लागि २५ अर्ब ८८ करोड ३० लाख ५५ हजार रुपैयाँको अनुमानित बजेट पेस गरेको छ ।

बिहीबार काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले बजेट तथा कार्यक्रम, आर्थिक विधेयक र विनियोजन विधेयक नगर सभामा पेस गरेकी हुन् । काठमाडौं महानगरको नीति तथा कार्यक्रम कार्यान्वयन गर्न २५ अर्ब १३ करोड ३० लाख ५५ हजार सञ्चित कोषमा व्ययभार पर्ने र ७५ करोड अन्य वाह्य व्ययभार हुने गरी कुल २५ अर्ब ८८ करोड ३० लाख ५५ हजार रुपैयाँको अनुमानित बजेट पेस गरेको छ ।

dainiki.com

चालु आर्थिक वर्ष २०८२/८३ का लागि २५ अर्ब ११ करोड ४३ लाख ४१ हजारको बजेट पारित गरेको थियो । महानगरले आगामी आव २०८३/८४ को बजेट सार्वजनिक गर्दै कार्यवाहक मेयर सुनिता डंगोलले यस्तो उल्लेख गरेकी हुन् ।

कार्यबाहक मेयर डंगोलले बजेटमा आन्तरिक आय र बैँक मौज्दात गरी कुल २० अर्ब १८ करोड ६३ लाख २९ हजार रुपैयाँको स्रोत व्यवस्थापन हुने अनुमान गरेकी छिन् भने नेपाल सरकार तथा प्रदेश सरकारवाट शसर्त, समानीकरण, राजश्व वाँडफाँडवाट प्राप्त हुने अनुदान ४ अर्ब ९३ करोड ६७ लाख २६ हजार रुपैयाँको स्रोत अनुमान गरिएको छ । त्यसैगरी जनसहभागिता वापत रु १ करोडको श्रोत प्राप्त हुने अनुमान गरिएको छ ।

प्रकाशित मिति : June 18, 2026 at 5:46 pm