४ असार २०८३, बिहिबार | Thu Jun 18 2026

पुरानो नगद लाभांश बुझिलिन सेयरधनीलाई गरिमा विकास बैंकको आग्रह

४ असार, काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले आफ्ना सेयरधनीहरूलाई पुरानो नगद लाभांश बुझिलिन आग्रह गरेको छ। बैंकले एक सूचना जारी गर्दै विगतका आर्थिक वर्षहरूको बाँकी रहेको नगद लाभांश बुझिलिन आग्रह गरेको हो ।

गरिमा विकास बैंक तथा यसमा गाभिनुअघि सञ्चालनमा रहेका निलगिरी विकास बैंक लिमिटेड, शुभेच्छा विकास बैंक लिमिटेड र साहारा विकास बैंक लिमिटेडका आर्थिक वर्ष २०६६/६७ देखि २०७३/७४ सम्मका वार्षिक साधारण सभाबाट पारित नगद लाभांशमध्ये केही सेयरधनीहरूले हालसम्म रकम बुझिलिन बाँकी रहेको कम्पनीले जनाएको छ।

dainiki.com

बैंकले सूचना प्रकाशित भएको मितिबाट एक महिनाभित्र आफ्नो केन्द्रीय कार्यालय, लाजिम्पाट वा सेयर रजिष्ट्रार एनआईएमबी एस क्यापिटल लिमिटेडमा सम्पर्क गरी बाँकी लाभांश रकम बुझिलिन आग्रह गरेको छ।

साथै, तोकिएको अवधिभित्र साे लाभांश सम्बन्धित सेयरधनीले दाबी नगरेमा उक्त रकम कम्पनी ऐन २०६३ को दफा १८२ को उपदफा (९) बमोजिम लगानीकर्ता संरक्षण कोषमा जम्मा गरिनेछ।

प्रकाशित मिति : June 18, 2026 at 10:21 am