नेप्सेमा झिनो अंकको सुधार, कारोबार ३ अर्ब ६३ करोडमै सीमित
३ असार, काठमाडौं । साताको तेस्रो कारोबारकाे दिन बुधबार सेयर बजारमा झिनाे अंककाे सुधार आएको छ । बुधबार नेप्से परिसूचक ०.०८ अंकले बढेर २७०५.५३ को विन्दुमा पुगेको छ।
आज ३५२ कम्पनीको ८३ लाख ७५ हजार ४७१ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ६३ करोड ७५ लाख ५८ हजार रुपैयाँ बराबरको कारोबार भएको छ। आज १२५ कम्पनीको सेयरमूल्य बढ्दा १३२ कम्पनीको सेयरमूल्य घटेको छ । यस दिन १४ वटा कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।
यस दिन दुई कम्पनीकाे सेयरमा सकारात्मक सर्किट लागेकाे छ । सोपान फर्मास्यूटिकल्स र एपोलो हाइड्रोपावरको सेयर मूल्यमा यस दिन सकारात्मक सर्किट लागेकाे हाे ।एनआरएन इन्फ्राइन्सटर कम्पनीको सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको २१ करोड १७ लाख ११ हजार रुपैयाँबराबरको कारोबार भएको छ ।
प्रकाशित मिति : June 17, 2026 at 3:25 pm









