३ असार २०८३, बुधबार | Wed Jun 17 2026

श्रम संस्कृति पार्टीको विरोधपछि प्रतिनिधिसभा बैठक स्थगित

३ असार, काठमाडाैं । प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ । श्रम संस्कृति पार्टीका सांसदहरूले लगातार बेल घेराउ गर्दै विरोध जनाएपछि सभामुख डोलप्रसाद अर्यालले बैठक स्थगन गरेका हुन् ।

dainiki.com

आफूहरूले राखेको प्रश्नको जवाफ मन्त्रीले नदिएको भन्दै सो दल सम्बद्ध सांसदहरूले लगातार विरोध गर्दै आएका थिए । सभामुख अर्यालले पटकपटक आशन ग्रहण गरेर बैठक सञ्चालनमा सहयोग गर्न सांसदलाई आग्रह गरेका थिए । विनियोजन विधेयकमाथिको छलफलमा उठेको प्रश्नको जवाफ र स्पष्टीकरणका सन्दर्भमा प्रतिनिधिसभा बैठकमा छलफल जारी छ ।

प्रकाशित मिति : June 17, 2026 at 2:42 pm