५ असार २०८३, शुक्रबार | Fri Jun 19 2026

९० प्रतिशत महिला सांसदलाई सभामुखसँग जोडेर साइबर बुलिङ भएको भन्दै एमाले सांसदको आपत्ति

३ असार, काठमाडौं । नेकपा एमालेकी सांसद यशोदाकुमारी बरालले बढ्दो साइबर बुलिङप्रति सरकारको ध्यानाकर्षण गराएकी छन्। प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले  ९० प्रतिशत महिला सांसदहरूलाई सभामुखसँग जोडेर साइबर बुलिङ भएको भन्दै सदनको ध्यानाकर्षण गराएकी हुन् ।

dainiki.com

सामान्य हाँसोलाई लिएर महिला सांसदहरूलाई सभामुखसँग जोडेर सामाजिक सञ्जालमा भिडियो,फोटोहरु अपलोड गर्ने प्रवृत्ति बढ्दै गएको भन्दै उनले आपत्ति जनाइन् ।उनले भनिन्, ‘देशमा अहिले साइबर बुलिङ भइरहेको छ। अहिले ९० प्रतिशत महिला सांसदहरूलाई सभामुखसँग जोडेर साइबर बुलिङ भइरहेको छ। एउटा सामान्य हाँसोसँग जोडेर यस्तो गर्दा संसद नै लज्जित भएको छ। समाज कहाँ जाँदैछ ? यस्तो साइबर बुलिङका विषयमा सदनको ध्यानाकर्षण गराउन चाहन्छु।’

उनले अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घटिसकेको भए पनि नेपालमा इन्धनको मूल्य नघटाइएको भन्दै सरकारको ध्यानाकर्षण गराइन्।

प्रकाशित मिति : June 17, 2026 at 12:44 pm