प्रि ओपन सेसनमा करिब साढे ६ अंकले घट्यो नेप्से
२७ जेठ, काठमाडौं । बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब साढे ६ अंकले घटेको छ। यस दिन सो सेसनमा नेप्से ६.३९ अंकले घटेर २६९९.०६ विन्दुमा झरेको छ।
बुधबार प्रि ओपन सेसनमा ६९ स्टकको ९४ पटकको कारोबारमा १५ लाख ८२ हजार ६३४ रुपैयाँबराबरको २ हजार ३१७ कित्ता सेयर खरिदबिक्री भएको छ।
प्रकाशित मिति : June 17, 2026 at 11:00 am









