३ असार २०८३, बुधबार | Wed Jun 17 2026

नेपाल रिइन्स्योरेन्सको निमित्त सीईओमा दामोदर भण्डारी नियुक्त

३ असार, काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेड (नेपाल रि) को निमित्त प्रमुख कार्यकारी अधिकृतमा दामोदर भण्डारी नियुक्त भएका छन्। कम्पनीको सञ्चालक समितिको असार ३ गते बसेको बैठकले कम्पनीको एघारौं तहमा कार्यरत सहायक प्रमुख कार्यकारी अधिकृत दामोदर भण्डारीलाई आजकै मितिदेखि लागू हुने गरी निमित्त सीईओको जिम्मेवारी सुम्पिएको हो।

dainiki.com

प्रकाशित मिति : June 17, 2026 at 10:31 am