२ असार २०८३, मंगलबार | Tue Jun 16 2026

माउन्ट एभरेष्ट पावरले सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने

२ असार, काठमाडौं । माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेडले भोलि असार ३ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूमा आईपीओ बाँडफाँड गरेसँगै अब सर्वसाधारणमा निष्काशन गर्न लागेको हो।

कम्पनीले आफ्नो जारी पूँजी ८६ करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने २५ करोड ८० लाख रुपैयाँ बराबरको २५ लाख ८० हजार कित्ता आईपीओ निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ। जसमध्ये ८ लाख ६० हजार कित्ता आयोजना प्रभावितलाई र १ लाख ७२ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरूमा बाँडफाँड गरिसकेको छ।

dainiki.com

कम्पनीले बाँकी आईपीओमध्ये ३४ हजार ४०० कित्ता कम्पनीमा कार्यरत कर्मचारीहरूका लागि र ८६ हजार कित्ता सामूहिक लगानी कोषहरूका लागि सुरक्षित गरी बाँकी १४ लाख २७ हजार ६०० कित्ता आईपीओ सर्वसाधारणका लागि निष्काशन गर्न लागेको हो। लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्म भर्न सक्नेछन् ।कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा एनआइएमबिएस क्यापिटल लिमिटेड रहेको छ।

प्रकाशित मिति : June 16, 2026 at 4:29 pm