नेप्सेमा सामान्य अंकको गिरावट, कारोबार रकम पनि घट्यो
२ असार, काठमाडौं । साताको दोस्रो कारोबारको दिन मंगलबार सेयर बजारमा सामान्य अंकको गिरावट आएको छ । मंगलबार नेप्से परिसूचक ६.३१ अंकले घटेर २७०५.४५ को बिन्दुमा बन्द भएको छ । यस दिन ८० कम्पनीको सेयर मूल्य बढेको छ भने १७७ कपनीको सेयर मूल्य घटेको छ । यस दिन १५ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
मंगलबार ३५५ कम्पनीकाे ४८ हजार ११६ पटकको कारोबारमा ४ अर्ब ४ करोड ७८ लाख ५८ हजार रुपैयाँबराबरको १ करोड ७ लाख ८ हजार कित्ता सेयर खरिदबिक्री भएको छ। यस दिन दुई कम्पनीकाे सेयरमा सकारात्मक सर्किट लागेकाे छ। यस दिन सोपान फर्मास्यूटिकल्स र एपोलो हाइड्रोपावरको सेयरमा सकारात्मक सर्किट लागेकाे हाे । आँखु खोला जलविद्युत कम्पनीकाे यस दिन सर्वाधिक काराेबार भएकाे छ। सो कम्पनीको यस दिन ३१ करोड ९९ लाख ४५ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।
प्रकाशित मिति : June 16, 2026 at 3:15 pm









