२ असार २०८३, मंगलबार | Tue Jun 16 2026

सीमा विवादबारे प्रधानमन्त्रीको अभिव्यक्तिमाथि संसदमा गोप्य मतदान गर्न माग

२ असार, काठमाडौं । नेपाली कांग्रेसले सीमा विवादबारे प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)काे अभिव्यक्तिबारे संसद्‌मा गोप्य मतदान गर्न प्रस्ताव गरेको छ । प्रधानमन्त्रीले नेपालले भारतको भूमि मिचेको अभिव्यक्ति दिएपछि सदनमा निरन्तर विरोध हुँदै आएको छ ।

dainiki.com

मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै कांग्रेसकी सांसद रेखा कुमारी यादवले यस्तो प्रस्ताव राखेकी हुन् । ‘एउटा गोप्य मतदान गरौं सभामुख महोदय, प्रधानमन्त्रीको अभिव्यक्तिप्रति सत्तापक्ष र प्रतिपक्ष सबैलाई । जे हुन्छ त्यही गरौंला,’ उनले भनिन् ।

प्रकाशित मिति : June 16, 2026 at 1:05 pm