मध्य ताराखोला हाइड्रोपावरले सर्वसाधारणलाई आईपीओ जारी गर्ने
२ असार, काठमाडौं । मध्य ताराखोला हाईड्रोपावर कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ प्रस्ताव पारितका लागि वार्षिक साधारण सभा बाेलाएकाे छ ।
कम्पनीले असार २४ गते कम्पनी रजिष्टर्डको कार्यालय बाग्लुङमा बिहान ११ बजे सभा बस्नेछ । सभामा कम्पनीको आईपीओ निष्कासन गर्ने र यस सम्बन्धमा नियमनकारी निकायबाट कुनै आवश्यक संशोधन तथा परिमार्जन गर्न निर्देशन भएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई अख्तिदयारी प्रदान गर्ने विशेष प्रस्तावहरु पारित गरिनेछ ।

साथै सभामा सञ्चालक समितिका तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने गत आवको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने र चालु आवका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्तावहरु समेत अनुमोदन गर्ने एजेण्डा समेत रहेको छ ।
प्रकाशित मिति : June 16, 2026 at 10:40 am









