२ असार २०८३, मंगलबार | Tue Jun 16 2026

विजय लघुवित्तले बाेलायाे साधारण सभा, हकप्रद निष्कासनको प्रस्ताव पारित गरिने

२ असार, काठमाडौं। विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा बोलाएको छ । असार १ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले असार २६ गते धुलिखेलमा रहेको धुलिखेल लज रिसोर्टमा आफ्नो १७ औं  वार्षिक साधारण सभा बोलाएको हो ।

उक्त सभामा संस्थाको कुल चुक्तापूँजीको ९.२२ प्रतिशतले हुने संस्थापक सेयर सर्वसाधारण सेयरमा परिवर्तन गर्ने विशेष प्रस्ताव पारित गरिनेछ । यस्तै शतप्रतिशत हकप्रद सेयर जारी गर्ने, संस्थाका प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गरी पूँजी संरचना परिवर्तन गर्ने र प्रबन्धपत्र तथा नियमावलीमा गरिएको संशोधनमा नियमनकारी निकायबाट कुनै आवश्यक संशोधन गर्न निर्देशन प्राप्त भएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने विशेष प्रस्तावहरु पारित गरिनेछ ।

dainiki.com

यस्तै सञ्चालक समितिको तर्फबाट अध्यक्षले पेश गर्ने वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदनसहित आव २०८१/८२ को वित्तीय विवरणमाथि छलफल गरी पारित गर्ने र चालु आवका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरिनेछ ।

 सभा प्रयोजनका लागि संस्थाले असार ११ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसकाे अर्थ असार १० गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै सभामा सहभागि हुन सक्नेछन् ।

प्रकाशित मिति : June 16, 2026 at 9:42 am