१ असार २०८३, सोमबार | Mon Jun 15 2026

दोर्दी खोला जलविद्युतको साधारण सभा स्थगित

१ असार, काठमाडाैं। दोर्दी खोला जलविद्युत कम्पनीको विशेष साधारण सभा स्थगित भएको छ । असार १ गते आयोजना गर्ने तय भएको कम्पनीको सभा गणपूरक संख्या नपुगेका कारण स्थगित गर्नु परेको कम्पनीले जनाएको छ ।

dainiki.com

कम्पनीको विशेष साधारण सभा ललितपुरको चापागाउँमा रहेको हिमशिखर पार्टी भेन्यूमा बिहान ९ बजेदेखि सभा आयोजना गर्ने तय भएको थियो । सभामा जारीपूँजी संशोधनसहित कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने, कम्पनीको चुक्तापूँजीको १ः०.२८८४७४७४ अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने अनुमति प्राप्त भएपनि दशमलब सेयर संख्या आउने हुँदा नजिकको अंकमा परिवर्तन गरी हुने रकमबराबरको हकप्रदक निष्कासन गर्ने र हकप्रदक निष्कासनको विषयमा नियमनकारी निकायबाट कुनै आवश्यक संशोधन गर्न निर्देशन प्राप्त भएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव रहेको थियो ।

सभा प्रयोजनका लागि कम्पनीले गत जेठ २५ गते एक दिनका लागि बुक क्लोज गरिसकेको छ ।

प्रकाशित मिति : June 15, 2026 at 3:34 pm