१ असार २०८३, सोमबार | Mon Jun 15 2026

निरन्तर तेस्रो कारोबार दिन घट्यो नेप्से, कारोबार रकम भने बढ्यो

१ असार, काठमाडाैं । साताको पहिलो कारोबारकाे दिन सोमबार नेप्से परिसूचक घटेर बन्द भएको छ। पछिल्ला दुई कारोबार दिनदेखि घटिरहेको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो।

सोमबार नेप्से परिसूचक १२.२६ अंक घटेर २७११.७६ विन्दुमा झरेको छ।  यस दिन ३५० कम्पनीकाे  ५१ हजार ७०२ पटकको कारोबारमा ४ अर्ब ४१ करोड २० लाख ४८ हजार रुपैयाँबराबरको १ करोड ७ लाख ३९ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।

सोमबार दुई कम्पनीकाे सेयरमा सकारात्मक सर्किट लेलागेकाे छ। यस दिन सोपान फर्मास्यूटिकल्स र एपोलो हाइड्रोपावरको सेयरमा सकारात्मक सर्किट लागेकाे हो। ग्रीन डेभलपमेन्ट बैंकको सेयर मूल्य यस दिन सर्वाधिक ७.९४ प्रतिशत घटेको छ।

यस दिन आँखु खोला जलविद्युत कम्पनीकाे सर्वाधिक काराेबार भएकाे छ । यस दिन कम्पनीकाे ३८ करोड ८५ लाख ६ हजार रुपैयाँबराबरको सेयर कारोबार भएको छ।

प्रकाशित मिति : June 15, 2026 at 3:15 pm