५ असार २०८३, शुक्रबार | Fri Jun 19 2026

नेपाल–भारत सीमामा पर्खाल वा काँडेतार लगाइयोस्ः आशिका तामाङ

१ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद आशिका तामाङले नेपाल सरकारले सीमासँग सम्बन्धित सबै विषयको छानबिन गरी आवश्यक कुटनीतिक पहल अघि बढाउनुपर्ने बताएकी छन्।

प्रतिनिधि सभा बैठकमा बोल्दै उनले आवश्यक परे नेपाल भारत सीमामा पर्खाल वा काँडेतार लगाउन सरकारलाई आग्रह गरेकी छन् । ‘आवश्यक परे दुई देशको सहमतिमा सीमावर्ती क्षेत्रमा वाल लगाउनुपरे वाल नत्र भने काँडेतार भने पनि लगाइयोस्’ उनले भनिन् ।

dainiki.com

कुनै पनि राष्ट्रको सार्वभौमिताको आधार भनेकै आफ्नो भूभागको संरक्षण र सीमाको सुरक्षाको सुनिश्चितता भएको उल्लेख गर्दै उनले भनिन्, ‘यदि राज्यले आफ्नो भूमिको रक्षा गर्न सकेन भने त्यसले देशको सार्वभौमिकतामै प्रश्न उठाउँछ ।’

सुस्ताको समस्या कुनै नयाँ समस्या नभएको र धेरै वर्षदेखि अल्झिएको विषय भएको उनले बताइन्। गण्डकी नदीले आफ्नो धार परिवर्तन गर्दै जाँदा सुस्ता क्षेत्रमा नेपालको धेरै जमिन विवादित बनेको उनले बताइन्। उनले भनेकी छन्, ‘पछिल्लो समय त्यहाँ भारतीय सशस्त्र सीम बल एसएसबीका गतिविधि तथा स्थनीय नागरिकलाई धम्क्याइएको भन्ने समाचार सार्वजनिक भएका छन् । यस घटनाको वास्तविकता के हो ? सरकारले यसबारे के कस्ता कदम चालेको छ ? आगामी रणनीति के छ भन्ने विषयमा जानकारी दिन आवश्यक छ ।’

प्रकाशित मिति : June 15, 2026 at 1:20 pm