५ असार २०८३, शुक्रबार | Fri Jun 19 2026

अर्थमन्त्री डा. वाग्लेलाई ‘टि स्टेट’को फाइल खोल्न एमालेको चेतावनी

१ असार, काठमाडाैं । नेकपा (एमाले) का संसदीय दलका उपनेता पद्मा अर्यालले परराष्ट्रमन्त्री शिशिर खनालले भारत भ्रमणका क्रममा दिएको अभिव्यक्तिका सन्दर्भमा जवाफ माग गरेकी छिन् । नेता अर्यालले संसद्मा जवाफमा क्रममा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले दिएको अभिव्यक्तिका सम्बन्धमा असन्तुष्टि व्यक्त गरेकी छिन् ।

अर्थमन्त्रीले बजेटको जबाफ दिने क्रममा गैरजिम्मेवारपूर्ण शैली अपनाएको दाबी गर्दै अर्यालले विपक्षीको फाइल खोल्न चुनौती दिइन्। उनले सबैभन्दा पहिला ‘टि स्टेट’को फाइल खोल्न चेतावनी दिएकी हुन् ।

dainiki.com

‘सांसदका प्रश्नको जवाफ दिने क्रममा अर्थमन्त्रीज्यूले व्यक्त गरेको धारणा आपत्तिजनक छ,’ अर्यालले भनिन्, ‘उहाँले फाइल खोल्ने धम्की दिनुभयो । मेरो आग्रह छ, पहिलो नम्बरमा स्टेटको फाइल खोल्नुस् ।’ ‘प्रतिपक्षसित जोडिएका ओम्नी हुन् कि, वाइडबडी हुन् कि, के-के फाइल हुन्, तपाईंहरूको हातमा छ, सरकारलाई म भन्न चाहन्छु यो सदनमार्फत, ती खोलियोस्। साँचो कुरा जे हो, त्यो बाहिर ल्याइयोस्।’

अर्यालले अहिलेसम्म लगाइएको आरोप सत्य ठहरिएनन् भने त्यसको नैतिक जिम्मेवारी सरकारले लिनुपर्ने बताइन्।

प्रकाशित मिति : June 15, 2026 at 1:09 pm