१ असार २०८३, सोमबार | Mon Jun 15 2026

सानिगाड हाइड्रोको आईपीओ बाँडफाँड, कतिले पाए सेयर ?

१ असार, काठमाडौं । सानिगाड हाइड्रो लिमिटेडको आईपीओ आज बाँडफाँड भएको छ । कम्पनीले गत जेठ १८ गतेदेखि जेठ २१ गतेसम्म सर्वसाधारणलाई निष्कासन गरेको आईपीओ आज बाँडफाँड भएको हो ।

कम्पनीले सर्वसाधारण लगानीकर्ताहरुका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ४६ लाख ७४ हजार कित्ता सेयर निष्काशन गरेको थियो। सो निष्काशनमा कुल २७ लाख ५९ हजार ४९० जनाले ३ करोड १ लाख ३२ हजार ५०० कित्ता सेयर खरिदका लागि आवेदन दिएका थिए। जसमध्ये २७ लाख २७ हजार ५१५ आवेदन स्वीकृत भएको छ भने बाँकी आवेदन रद्द भएका छन्।

dainiki.com

कम्पनीको आईपीओमा मागभन्दा बढी आवेदन प्राप्त भएकाले गोलाप्रथा विधिबाट आईपीओ बाँडफाँड भएको छ । गोलाप्रथाबाट आईपीओ बाँडफाँड गर्दा ४ लाख ६७ हजार ४०० जनाले १० कित्ताका दरले कम्पनीको शेयर प्राप्त गरेका छन्।

प्रकाशित मिति : June 15, 2026 at 10:55 am